चौथो क्याम्पस सभा २०८२
सुनसरी बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा मंसिर ६ गते शनिवार भव्य रूपमा सम्पन्न भएको छ। सभाका प्रमुख अतिथी कोसी प्रदेशका माननीय पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल रहनु भएको थियो । उहाँले क्याम्पसको शैक्षिक योगदान, स्थानीय विकासमा यसको भूमिकाबारे प्रशंसा गर्दै उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।